बिटी कपमा सेमिफाइनल समिकरण, फाइनल बिहीबार हुने
उपाधि राशी २ लाख २ सय २२ रुपैयाँ
पाेखरा | माघ २८, २०८२
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश गर्याे ।
दीपको जीतमा सोभित भण्डारी र लोकेन छन्त्यालले समान १/१ गोल गरे । उक्त खेलबाट दीप युनाइटेडका अमित गुरुङ म्यान अफ द म्याच बने ।
यसैगरी दोस्रो खेलमा रामघाट निलोले एमटियुसीलाई १–० गोल अन्तरले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एमटियुसीका विमल ठकुरीको आत्मघाती गोलका कारण एमटियुसी क्वाटरफाइनलबाटै बाहिरियो ।
सो खेलबाट रामघाटका रोशन नेपाली म्यान अफ द म्याचबाट पुरस्कृत बने ।
तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले बिटी क्लब ‘टिम बि’माथी २–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।
लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १/१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५–० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो ।
फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १/१ गोल गरे ।
बुधबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल दीप युनाइटेड र रामघाट निलोबीच हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।

उनका अनुसार दोस्रो सेमिफाइनल खेल लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जाबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ ।
कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने संयोजक गुरुङले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अ...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

